बालेनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सल्लाहकार रेशुले दिइन् राजीनामा


काठमाडौं ।

काठमाडौं महानगरपालिकाका शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिएका छन् । गत भदौमा महानगरको शिक्षा सल्लाहकार नियुक्त भएका अर्यालले पछिल्लो समय मेयर बालेन शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजनीनामा दिएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै पछिल्ला घटनाक्रममा महानगरका मेयर शाहले लिएका निर्णय आफ्नो मुल्यमान्यता विपरीत भएको र ती निर्णय आफ्नो घर परिवारसँग पनि जोडिएकाले स्वार्थको द्वन्द्व उत्पन्न भएकाले राजीनामा दिएको बताएका छन् ।