नीरफूल अब कोरियामा

0
Shares

कथा वाचन र प्रस्तुति तथा प्राविधिक दृष्टिकोणले देशभित्र प्रशंसा कमाउन सफल फिल्म नीरफूल अब दक्षिण कोरियामा पनि रिलिज हुने भएको छ।

दक्षिण कोरियाको विभिन्न शहरमा प्रदर्शन गर्नेगरी धनजित वाइबाको समूहले प्रदर्शन अधिकार किनेको फिल्मका निर्देशक तथा लेखक पूmलमान बलले जानकारी गराए। दुवै पक्षबीच प्रदर्शन अधिकार सम्झौता भएको निर्देशक वलले बताए। भूकम्पका कारण बिछोडिएका एक परिवारका सदस्यले पुनर्मिलनको लागि गरेका प्रयत्नमा आधारित फिल्म अन्य देशमा प्रदर्शन गर्ने योजनासमेत बनिरहेको वलले जानकारी गराए। प्mयामिली मिसिङको कथासँगै राज्य प्रणालीको कमजोर पक्षसमेत उजागर गरिएको फिल्म हाल देशका विभिन्न हलमा दोस्रो सातामा प्रदर्शन भइरहेको छ। गणेश हिमाल मुनिको रुबी भ्याली, रसुवा र काठमाडौंमा छायांकन गरिएको फिल्मले मौलिक, यथार्थपरक र सिस्टम भर्सेस भुइँ मान्छेको सन्दर्भ उठान गरेको भन्दै समीक्षकबाट प्रशंसा पाइरहेको छ।

दयाहाध्र राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, रोशन प्mयुबालगायतले अभिनय गरेको फिल्म नेपाल म्यानमार फ्रेन्डसिप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको हो। सोनाम डोमा कार्यकारी निर्माता रहेको फिल्ममा कतारबाट माया केसी, बेलायतबाट दीपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, अजितमान तामाङ, गणेश थापा, अशोक थापा, विके श्रेष्ठलगायतले निर्माणमा सहकार्य गरेका छन्। फिल्ममा अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत, प्रमोद कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ।