अबदेखि सेन्सरका सदस्यलाई नाम नै थाहा नदिई फिल्म देखाइने

0
Shares

फिल्म सेन्सर बोर्डले मंगलबारदेखि फिल्म सेन्सरसम्बन्धी नयाँ नियम लागू गरेको छ।

नयाँ नियमअनुसार अबदेखि फिल्म सेन्सर बोर्डका सदस्यले जाँच हुन गइरहेको फिल्मको पूर्व जानकारी पाउने छैनन्। यसअघि, कुन फिल्मको सेन्सर हुँदैछ भन्ने जानकारीसहित सेन्सरमा सहभागी हुने सदस्यले अब भने हलभित्र प्रवेश गरेपछि मात्र फिल्मबारे थाहा पाउनेछन्।

राम्रा ब्यानरका फिल्मको सेन्सर हुँदा सेन्सर बोर्डका सदस्यभन्दा पनि सदस्यका आफन्त तथा परिवारदेखि वितरकसम्मले हल भरिने हुँदा फिल्मको सेन्सर प्रक्रियामै समस्या आएकाले सदस्य बाहेकले पनि सेन्सरमा प्रवेश पाउने विषयबारे केही समययता विरोध हुँदै आएको थियो। यही अवस्थालाई मध्यनजर गर्दै सेन्सर बोर्डले कसिलो नियम ल्याएको बताइएको छ। मंगलबार भएको एक फिल्मको सेन्सरबारे पनि सदस्यलाई पूर्व जानकारी दिइएको थिएन।