गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटबारे प्रधानमन्त्रीसँग कुराकानी भइरहेको छ : मन्त्री किरांती

0
Shares

यमलाल भुसाल, बुटवल ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले योगसुत्र निर्माण गर्नमा गौतमबुद्धले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभएको छ ।

अन्र्तराष्ट्रिय योग दिवसको अवसरमा गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा मंगलबार आयोजित योग कार्यक्रममा बोल्दै मन्त्री किराँतीले भारतबाट योगको सुरुवात भए पनि नेपालमा पनि योगको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

किराँतीले नेपाल राम विना र भारत सीता विना अधुरो रहेको बताउनुभयो । उहाँले नेपाल र भारतबीच परस्पर कुरा भइरहेको बताउँदै नेपालको लागि हवाई रुटको विषयमा प्रधानमन्त्रीबाट पनि कुराकानी भइरहेको जानकारी दिनुभयो ।
भारतीय दूतावाससहित भारतीय सांस्कृतिक सम्बन्ध परिषद्, लुम्बिनी विकास कोष पतञ्जली योगपिठ नेपालको संयुक्त आयोजनामा आयोजित योग कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले लुम्बिनीमा हरेक वर्ष योग कार्यक्रमको आयोजना गर्ने बताउनुभयो । उहाँले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटबारेको छलफल सकारात्मक भएको बताउनुभयो ।

लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्ली बहादुर चौधरीले लुम्बिनीमा आयोजित योग कार्यक्रमले विश्व जगतलाई नै महत्वपूर्ण सन्देश पुगेको बताउनुभयो । उहाँले प्रदेश सरकारले योगलाई प्राथमिकतामा राखेको समेत बताउनु भयो ।

“निरोगी बन्न योग गरौ भन्ने नारासहित हामीले पनि योगलाई प्राथमिकतामा राखेका छौं, प्रदेशले यसलाई अगाडी बढाएको छ ।” चौधरीले भने “औषधीमा खर्च गर्नुभन्दा पनि योगको माध्यमबाट निरोगी बन्न हामीले प्रोत्साहन गर्नेछौं ।”