बझाङ ।
बझाङ दुर्घटनामा घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित घाइते तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ।
मन्त्री सिंहसहित घाइते तीन जनालाई थप उपचारका हेलिकप्टरमार्फत् नेपालगञ्ज पठाइएको हो।
डडेलधुराबाट चैनपुर आउने क्रममा कानुनमन्त्री सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी मंगलबार दिउँसो केदारस्युँ गाउँपालिकाको धारछडामा दुर्घटना भएको हो। गाडी सडकबाट ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो। दुर्घटनामा मन्त्री सिंहसहित पाँच जना घाइते भएका छन्।
दुर्घटनामा घाइते मन्त्री सिंहकी श्रीमती र भाउजूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ।











प्रतिक्रिया