राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया गरियो

0
Shares

काठमाडौँ।

राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर राष्ट्रपति पौडेलको मुटुमा शल्यक्रिया गरेर पेसमेकर राखिएको छ।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल श्रोतले जनाएको छ।

राष्ट्रपति पौडेलको मुटुको धड्कन अस्थिर भएपछि गत शनिबार राति अस्पताल भर्ना गरिएको थियो ।

मंगलबार मध्यान्ह १२ बजेदेखि २ बजेसम्म पौडेलको मुटुको शल्यक्रिया भएको हो।