संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कहिले ?

0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको प्रश्नोत्तर कार्यक्रम यहीँ असार महिनाको ८ गते (शुक्रबार) हुने भएको छ ।

आज (मंगलबार) जारी संसद् बैठकमा सदनलाई जानकारी गराउँदै सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हुने बताएका हुन् ।

उनले यसका लागि प्रश्न सोध्न १७ वटा समूह विभाजन गरिएको जानकारी दिएका छन् भने उक्त समूहमा १५ जना सांसद सदस्य रहने उनले बताए ।

उनले आजै अपराह्न ५ बजेसम्म प्रश्न लिखित रूपमा प्रतिनिधि सभाका सचिवसमक्ष पेश गर्न पनि उनले अनुरोध गरेका हुन् ।