प्रतिनिधि सभा बैठकमा ३ मन्त्रालयकाे बजेटमाथि छलफल हुने


काठमाडौं ।

आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।  संघीय संसद भवन, बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।

आजको बैटकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहनेछ । जसअनुसार आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेट माथि छलफल हुनेछ।

हिजोको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल  सकिएको थियो ।