अनिताले चुमिन् मिसेस नेसनल २०२३ को उपाधि

0
Shares

विवाहित नारीबीच ललितपुरमा हालै सम्पन्न रोचक सौन्दर्य प्रतियोगितामा अनिता यादवले द मिसेस नेसनल २०२३ को ताज चुमेकी छन्।

राजधानीको क्रिजोना मिडिया ग्रुप प्रालिद्वारा ललितपुरको म्युजिक सिटी हलमा आयोजित प्रतियोगितामा ११ प्रतिस्पर्धीलाई पछाडि पार्दै अनिता द मिसेस नेसनल २०२३ को उपाधि चुम्न सफल भएकी हुन्। उनले भ्युवर्स च्वाइस अवार्डलाई पनि आप्mनो बनाउन सफल भएकी छन्। लभिन अन्सारीको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा दीपा थानी फस्ट रनर्सअपका साथ वेस्ट पर्सनालिटी र समीक्षा अग्रवाल सेकेन्ड रनर्सअपका साथ मस्ट ट्यालेन्टेड भएका छन्।

विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ अघि बढाइएको प्रतियोगितामा सिर्जना खाँण वेस्ट फिगर, रीना राय मस्ट आइकोनिक, अस्मिता ठाकुर मस्ट कन्फिडेन्ट, अञ्विता श्रेष्ठ मस्ट पपुलर र मस्ट डिसिप्लेन, विन्दु शाह मस्ट फोटोजेनिक, किरण शाह मस्ट चार्मिङ, अल्का यादव मस्ट इनोसेन्ट, सिर्जना यादव, विभा यादव वेस्ट स्माइल र वेस्ट वाक उपउपाधि विजेता भएका छन्।

प्रतियोगिता मोडल एभरेस्ट फिल्म एकेडेमीका संस्थापक विशाल श्रेष्ठ, फेसन डिजाइनर सुकनीता चौलागाईं, दीपक घिमिरे र जुम्बा इन्सटझक्टर प्रतिमा श्रेष्ठ निर्णायक रहेका थिए।

आयोजक संस्था क्रिजोना मिडिया ग्रुप प्रालिद्वारा प्रबन्ध निर्देशक तथा कोरियोग्राफी लभिन अन्सारीले विवाहित महिलाहरुलाई घर र चुल्होको चारघेरा भित्रबाट बाहिर निस्केर स्वावलम्बी बन्न प्रोत्साहित गर्ने तथा उनीहरुमा अन्तर्निहीत प्रतिभाको उजागर गरी बाहिर ल्याउने उद्देश्यले द मिसेस नेसनलको आयोजना गरिएको बताए।