कास्की ।
लायन्सको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जान लागेका लायन्सका अन्तराष्ट्रियडाइरेक्टर इन्डोर्सी बालकृष्ण बुर्लाकोटीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिदाइ एवं सम्मान गरेका छन् । आगामी जुलाई ७ देखि ११ तारिखसम्म अमेरिकाको बोष्टनमा हुने लायन्सको अन्तर्राष्ट्रिय सम्मेलनबाट नेपालका लायन लिडर बुर्लाकाटी अन्तर्राष्ट्रिय डाइरेक्टर बन्दैछन ।
सोमवार नेपालका लायन्स लिडरहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले नेपाली लायन्सका अन्तर्राष्ट्रिय डाइरेक्टर इन्डोर्सी बुर्लाकोटीलाई अन्तर्राष्ट्रिय डाइरेक्टरको शपथ लिन अमेरिका प्रस्थान गर्न लागेकोमा बधाई ज्ञापन गर्दै राष्ट्रिय झन्डा ओढाएर सम्मानका साथ बिदाइ गरेको प्रधानमन्त्री दाहालको सचिवालयले बताएको छ ।
भेटमा प्रधानमन्त्री दाहालले लायन्सको अन्तर्राष्ट्रिय डाइरेक्टरमा नेपालका बुर्लाकोटीले नेतृत्व गर्न लागेकोमा अत्यन्त खुसी लागेको बताउँदै लायन्स मार्फत नेपाल अन्तर्राष्ट्रिय जगतमा थप परिचित हुने विश्वास व्यक्त गरेका थिए ।

दाहालले २११ राष्ट्रमा फैलिएको लायन्सको नेटवर्कमा नेपालको प्रचारप्रसार हुने र नेपालको पर्यटन प्रबर्धनमाथप सहयोग पुग्ने विचार व्यक्त गरे ।
अन्तर्राष्ट्रिय डाइरेक्टर इन्डोर्सी बालकृष्ण बुर्लाकोटीले प्रधानमन्त्रीबाट पाएको यस सम्मानले अत्यन्त गौरवान्वित बनाएको र सामाजिक कार्यमा अझै क्रियाशील बन्न हौसला मिलेको बताए । उनले भने-‘यो सम्मानपूर्णता नेपाली लायन्सको सम्मान भएको अनुभूति गरेको बताउँदै आफू अन्तर्राष्ट्रिय डाईरेक्टरमा निर्वाचितभएपछि नेपालको लायनिजमको विकास र बिस्तारसँगै नेपालमा शिक्षा ,स्वास्थ्य र बातावरणको क्षेत्रमा कार्य गर्न लायन्स अन्तर्राष्ट्रियबाट ग्रान्ट ल्याउन पहल गर्ने बुर्लाकोटीले प्रतिबद्धता जनाए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा आइडी इन्डोर्सी बुर्लाकोटी सहित, वहाँका स्पाउस ज्ञानुबुर्लाकोटी, जिएटी एरिया लिडर खगेन्द्र सिटौला, लायन्स अन्तर्राष्ट्रिय मल्टिपल ३२५ नेपालका मल्टिपलकाउन्सिल चेयरपर्सन केशव पाण्डे, निवर्तमान काउन्सिल चेयरपर्सन मन बहादुर रोक्का सहित बिभिन्नडिष्ट्रिक्टका पुर्व डिष्ट्रिक्ट गभर्नरहरूको उपस्थिति रहेको थियो ।
जसका लागी आइडी इन्डोर्सी बुर्लाकोटी लायन्सको टिमसहित आज रातीको उडानबाट अमेरिकाको बोष्टन जादैछन ।











प्रतिक्रिया