चार दलद्वारा समाजवादी मोर्चा घोषणा

0
Shares

काठमाडौँ।

सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा घोषणा गरेका छन् ।

सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र सत्ताबाहिर रहेको नेकपा कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गरेका हुन् ।

भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरूले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गरे ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्षस्थ नेताहरूको सहभागिता रहेको थियो ।