सिंचाइ विभागका पूर्वमहानिर्देशकविरुद्ध तीन करोड बढीको भ्रष्टाचार मुद्दा

0
Shares

काठमाडौँ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिंचाइ विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

उनको ३ करोड ५६ लाख ७७ हजार ३४६ रुपैयाँ १७ पैसा सम्पत्तिको स्रोत नखुलेको ठहर गर्दै अख्तियारले विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो।

३० फागुन २०५१ देखि ३१ भदौ २०७९ सम्म सार्वजनिक सेवामा रहेका राजभण्डारीले ७ करोड ४२ लाख २९ हजार ८६ रुपैयाँ ६५ पैसा खर्च तथा लगानी गरेको देखिएको अख्तियारले जनाएको छ ।

यसमध्ये ३ करोड ८५ लाख ५१ हजार ७४० रुपैयाँ ४८ पैसा वैधानिक आय भएको अख्तियारको ठहर छ ।