उपप्रध्यापक प्रेम चलाउनेसहित ६ जना रिहा

0
Shares

काठमाडौं ।

काठमाडौं जिल्ला अदालतभित्र नाराजुलुस गरेको भन्दै पक्राउ परेका उपप्रध्यापक प्रेम चलाउनेसहित ६ जना रिहा भएका छन् ।

आफूमाथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध सोमबार दिउँसो अदालतभित्र  नाराजुलुस गरेका चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरी परिसर टेकुका अनुसार नियन्त्रणमा लिइएका चलाउनेसहित ६ जनालाई रिहा गरिएको छ ।