कृतिका मिस एसईई नेसनल

0
Shares

राजधानीमा हालै सम्पन्न मिस एसईई नेसनल २०२३ को उपाधि कृतिका रेग्मीले जितेकी छन्।

जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा आयोजित प्रतियोगिताको अन्तिम स्पर्धामा उनले भ्युअर्स च्वाइस विधाको उपउपाधिलाई पनि आप्mनो बनाएकी छन्। प्रतियोगितामा त्रिदेवी श्रेष्ठ फस्ट रनर्सअपका साथ मिस फोटोजेनिक अदीति ढकाल सेकेन्ड रनर्सअपका साथ मिस ट्यालेन्ट सुजिना भण्डारी थर्ड रनर्सअपका साथ म्यानेज्मेन्ट च्वाइस र कृस्टिना ढुगाना फोर्थ रनर्सअपका साथ पब्लिक च्वाइस विधाको अवार्ड विजेता भए।

युहान इन्टरनेसनल इभेन्ट्सद्वारा आयोजित प्रतियोगितामा सरिना भारती भ्युअर्स च्वाइस, प्रिन्सा थापा पब्लिक च्वाइस, समिका तामाङ पर्सनालिटी, दिया तिमिल्सिना क्याटवाक, मुक्तिना खरेल कन्जिनियालिटी, साकिरा सिंखडा कन्फिडेन्ट, ऐश्वर्या पुडासैनी इन्टेलिजेन्ट, जेनिसा खत्री डिलिजेन्ट र आर्या लामा मिस ग्ल्यामर घोषित भए। ३२ जना छात्राको सहभागिता रहेको प्रतियोगितामा शिक्षाविद् छविलाल पाण्डे, फिल्म सम्पादक साहिल खान, मोडल एवं सञ्चारकर्मी रीता कद्मेल र नेपाल एयरहोस्टेस एकेडेमीकी रेजिना तुलाधर निर्णायक रहेका थिए। प्रतियोगिता रोजिन शाक्यको कोरियोग्राफी र सञ्चालनमा सम्पन्न भएको थियो।