मंकीपक्सको उपचारका लागि १४ अस्पतालमा फोकल पर्सन ताेकियाे



काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्सको उपचारका लागि १४ जना डाक्टरलाई फोकल पर्सन तोकेको छ । मन्त्रालयले देशभरका विभिन्न अस्पतालका १४ जना डाक्टरलाई मंकीपक्स रोगको उपचारका लागि फोकल पर्सन तोकेको हो।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार मेची अस्पतालमा डा. केशव ढकाल, कोशी अस्पतालमा डा. सिवी झा, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा.सूचना मरहट्टा, जनकपुर अस्पतालमा डा. रामज्ञान यादव, गण्डकी अस्पतालमा डा.आनन्द नेपाल, वीरगञ्ज अस्पतालमा अतुलेशकुमार चौरसिया, भरतवुर अस्पतालमा डा.शशी हिराचन, वीर अस्पतालमा डा.निरज पराजुली रहेका छन्।

त्यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा.मोनिका काफ्ले,शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल डा. सर्वेन्द्र झा, लुम्बिनी प्रादेशिक अस्पतालमा डा.मणिलाल श्रेष्ठ, भेरी अस्पतालमा डा. बद्री चापागाईं, सुर्खेत अस्पतालमा डा. सुस्मिता प्रधान र सेती अस्पतालमा डा.दिनेश शिवाकोटीलाई फोकल पर्सन तोकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्