रुपन्देहीमा लागुऔषध प्रयोग कर्ताबीच भएको मनमुटावले साथीको हत्या



बुटवल ।

रुपन्देहीको तिलोत्तमा १६ मा लागुऔषध प्रयोग कर्ताबीच भएको मनमुटावले एक युवाको हत्या भएको छ । नवलपरासी बर्दघाट सुस्ता (पश्चिम) सुनवल नगरपालिका–७ घर भएका १८ वर्षीय सुमन कुँवरको तिलोत्तमा–१६ पूर्व बहियामाका २२ वर्षीय ज्ञान बहादुर कुँवरले हत्या गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बुटवलले आज हत्या अभियोगमा २२ वर्षीय ज्ञान बहादुर कुँवरलाई पक्राउ गरि सार्वजनिक गरेको हो । आफैसँग बसेका १८ वर्षीय सुमन कुँवरको यही मँगलबार हत्या गरेको प्रहरीले जनाएको छ । आफ्नै साथीसँग बस्दै गर्दा आपसी मनमुटाव भएपछि अभियुक्त ज्ञान बहादुरले सुमनको हत्या गरेको प्रहरीले जनाएको छ

। मगलबार साँझ करिब ७ बजेको समयमा उनीहरु बीच आपसी विवाद भएपछि अभियुक्त कुँवरले चापाकलको ह्याण्डलले टाउकामा प्रहार गरी हत्या गरेर फरार भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताउनु भयो ।

अनुसन्धानका क्रममा मृतक र हत्या अभियोगी आपसमा खाने बस्ने तथा लागुऔषध सेवन गर्ने गरेको बयान प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख भरत बहादुर बि.क.ले बताउनु भयो । अभियुक्तलाई शुक्रबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्