रौतहटमा करेन्ट लागेर २ जनाको मृत्यु



रौतहट।

रौतहटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । रौतहटको बौधीमाई नगरपालिका वार्ड नं ५ कोपवा टोलमा करेन्ट लागेर शुक्रबार राती २ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा कोपवा गाउँका २५ वर्षिय अरुण साह र २६ सिताबी पण्डित रहेका छन् । आफ्नै आँगनमा रहेको ट्युबवेलबाट विद्युत् मोटर सञ्चालन गर्ने क्रममा अरुण साहलाई करेन्ट लागेको र उनलाइ जोगाउन खोज्ने पण्डित पनि करेन्ट लागेर मिर्तु भएको हो ।दुबैलाई गौर अस्पतालले मृत घोसित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्