राजु मास्टर र बल्छी ध्रुवे पक्राउ

0
Shares

अनलाइन बेटिध्र प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकारहरुसमेत मुछिएका छन्।

मनोरञ्जक हास्य टेलिश्रृंखला हल्का रमाइलो र सामाजिक टेलिश्रृंखला जुठेका दुई मुख्य कलाकार लोकप्रिय हास्यकलाकार राजु पौडेल राजु मास्टर, र मरिचमान श्रेष्ठ बल्छी धुर्वेका साथ आठ जनालाई अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको छ। बुधबार उनीहरुलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा अर्का कलाकार पवन खतिवडा र एलिश राईका साथमा सरोज घिमिरे र बेगम नेपाली, ज्वलन घर्ती मगर र गणेश देवकोटा रहेका छन्। प्रहरीले वानएक्स बेटमार्फत एक अर्ब बढीको सट्टेबाजी गराउने अन्य पाँच एजेन्टलाई पनि बुधबार सार्वजनिक गरेको छ। उनीहरुले युट्युबमार्फत वानएक्स एपमार्फत युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको आरोप छ।

तीव्ररुपमा सामाजिक सञ्जालमा बेट एप तथा क्यासिनो गेमको विज्ञापन देखिन थालेपछि प्रहरीले यस्तो कार्यमा संलग्न व्यक्तिमाथि निगरानी बढाउँदै कारबाही सुरु गरेको जनाएको छ। नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सद्माबाजी गर्न नहुने व्यवस्था छ। धारा १२५ को (२) को उपदफा (१) को कमा पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना र उपदफा ख मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।