प्राश्ना एसईई प्रिन्सेस २०२३

0
Shares

सिजन मिडियाद्वारा हालै राजधानीमा सम्पन्न नामीकलेज एसईई प्रिन्सेस २०२३ उपाधि प्राश्ना श्रेष्ठले जितेकी छन्।

विश्व निकेतन स्कुल, त्रिपुरेश्वरबाट एसईई परीक्षा दिएकी १६ वर्षीया प्राश्नाले १७ प्रतियोगीलाई पछि पार्दै शीर्ष ताज जितेकी हुन् भने विधागत अवार्डतर्फ मष्ट ट्यालेन्टको अवार्डलाई पनि आप्mनो बनाइन्। प्राश्नाले उपाधि जिते वापत नामी कलेजका तर्फबाट उच्च शिक्षा अध्ययनका लागि एक लाख रुपियाँको छात्रावृत्तिका साथै नेपाल एयर होस्टेज एकेडेमीको तर्फबाट स्कलर सिप, इमव्यालिस स्टुडियोको तर्फबाट २० हजारको गिप्mट भौचर, स्ट्यान्ड प्mयानलगायतका विभिन्न उपहार हात प्राप्त गरेकी छन्।

प्रतियोगितामा अदिती शर्मा फस्र्ट रनर्सअपका साथमा पर्सनालिटी अवार्ड, अनुष्का श्रेष्ठ सेकेन्ड रनर्सअपका साथमा भिवर्स च्वाइस अवार्ड, कृतिका श्रेष्ठ थर्ड रनर्सअपका साथमा पपुलर अवार्ड र प्रतिष्ना कार्की फोर्थ रनर्सअपका साथमा क्रियटिभ अवार्ड विजेता भए। प्रतियोगिताका फस्र्ट र सेकेन्ड रनर्सअपले नामीकलेज र साउथ वेस्र्टन स्टेट कलेज, हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेज, स्वस्तिश्री आईवी वल्र्ड स्कुलरेडन कलेजमा एक लाख बराबरको छात्रवृत्तिका साथै नेपाल एयर होस्टेज एकेडेमीको तर्फबाट स्कलरसिप, इमव्यालिस स्टुडियोको तर्फबाट २० हजारको गिप्mट भौचर, स्ट्यान्ड प्mयानलगायत विभिन्न उपहार प्राप्त गरेका छन्।

प्रतियोगितामा सजना तामाङ सिन्सियर, प्रसंशा लिम्बू हम्बल, आर्सी मर्हजन अनेस्ट, श्रीयुती भण्डारी प्रिटी, सुमिता महतो वेस्ट स्माइल, कामना कुमारी खड्का हार्ड वर्किङ, विशाखा तामाङ फोटो जेनिक, सैयुजा कुँवर इनोसेन्ट, एन्जल मर्हजन फ्रेस्डसिप, सलिनता गुरुङ स्टाइलिस, अनु खड्का वेस्ट वाक अष्लेशा सिटौला कन्फिडेन्ट टाइटल विजेता भए।

प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले प्रतियोगिताको शुभारम्भ गर्दै यस्ता कार्यक्रमले छात्राहरूको व्यक्तित्व र नेतृत्वको विकास गर्दै उनीहरूलाई अनुशासित र निर्डर बनाउन सहयोगी भूमिका खेल्ने चर्चा गरे। प्रतियोगितामा साउथ वेस्र्टन स्टेट कलेजका इन्टरनेसनल प्रोग्रामको अर्डिनेटर सरिता शाक्य प्रधान, नेपाल एयर होस्टेज एकेडेमीका मुख्य प्रशिक्षक नितु थापा, मिसेस ब्युटी क्विन विजेताहरू शान्ति लिम्बू र लसता साक्य, सञ्चारकर्मी श्रद्धा अर्याल, काठमाडौं फोटोग्राफर एसोसियसनका अध्यक्ष डिगम्बर राजवंशी र फेसन डिजाइनर निशा श्रेष्ठ निर्णायक रहेका थिए।