सेनिटरी प्याड र औषधि खरिदमा अनियमितता : किनिन्छ तर वितरण गरिँदैन

0
Shares

हेटौंडा । पूर्वी मकवानपुरको वागमती गाउ“पालिकाले स्कुले छात्राहरूका लागि सेनिटरी प्याड खरिदमा अनियमितता गरेको पाइएको छ ।

सेनिटरी प्याड र औषधि खरिदमा पु¥याउनुपर्ने सबै प्रक्रिया पूरा नगरेको र खरिद गरिएका सामान पनि हस्तान्तरण नगरेको प्रमाण फेला नपरेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

पालिकाले छात्राहरूलाई वितरणका लागि खरिद गरेका सेनिटरी प्याड विद्यालयलाई हस्तान्तरण गर्नुपर्नेमा हस्तान्तरण नगरेको पाइएको छ । छात्राहरू विद्यालयमा महिनावारी हु“दा वितरण गर्नुपर्ने सेनिटरी प्याड खरिद गरेर विद्यालयलाई हस्तान्तरण नगरेकोमा महालेखा परीक्षक कार्यालयले प्रश्न उठाएको हो ।

शिक्षा तथा मानवस्रोत विकास केन्द्रद्वारा जारी कार्यक्रम कार्यान्वयन पुस्तिका २०७८÷०७९ को २.५.१० क्रियाकलापअनुसार विद्यालयमार्फत कक्षा–६ देखि १२ सम्म अध्ययनरत् सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क सेनिटरी प्याड व्यवस्थाका लागि पालिकाले सेनिटरी प्याड खरिद गरी विद्यालयलाई उपलब्ध गराउनुपर्ने हुन्छ । पालिकाले १७ लाख ८५ हजार ९ सय ७८ रुपिया“को ३ लाख २८ हजार २ सय ६५ वटा सेनिटरी प्याड खरिद गरी २०७९ असार १३ गते आरवाई ट्रेडर्सलाई भुक्तानी गरेको थियो ।

२०७९ मंसिर र पुसमा १२ विद्यालयलाई १३ लाख ९८ हजार ४ सय ६७ रुपिया“का २ लाख ५७ हजार ४० वटा प्याड वितरण गरेको तर ३ लाख ८७ हजार ५ सय १० रुपिया“का ७१ हजार २ सय २५ वटा प्याड विद्यालयलाई हस्तान्तरण नगरेका कारण वितरण गर्न बा“की रहेको देखिएको हो ।
शिक्षा तथा मानवस्रोत विकास केन्द्रद्वारा जारी कार्यक्रम कार्यान्वयन पुस्तिकामा प्रविष्ट तथ्यांकलाई स्थानीय तहअन्तर्गत सञ्चालित सामुदायिक विद्यालयमा कक्षा–१ देखि १२ सम्मका विद्यार्थीको यथार्थ तथ्यांक संकलन गरी सोको आधारमा विद्यार्थी संख्या र पाठ्यपुस्तक संख्या एकिन गरी स्वीकृत दररेटका आधारमा हिसाब गरी अनुदान उपलब्ध गराउने उल्लेख छ । तर, पालिकाले उपलब्ध गराएको पाठ्यपुस्तक अनुदानमा प्रविष्ट तथ्यांकभन्दा बढी विद्यार्थी संख्याअनुसार उपलब्ध गराएको देखिएको छ । महालेखाले यसरी बढी दिएको २ लाख ३६ हजार ८ सय ३४ रुपिया“ सम्बन्धित विद्यालयबाट असुल गर्न निर्देशन दिएको छ ।

पालिकाले १२ लाख १३ हजार रुपिया“ लागतमा औषधि खरिद गरेको पाइएको छ । खरिद गरेको औषधिको म्याद सकिने मिति कम्तीमा १८ महिना हुनुपर्ने हुन्छ । पालिकाले खरिद गरेको औषधिमा न ब्याच नम्बर छ, न त म्याद सकिने मिति नै । महालेखाको प्रतिवेदनमा म्याद सकिने मिति नभएको औषधिलाई स्वास्थ्यचौकीले कहिलेसम्म कसरी वितरण गर्ने भन्ने समस्या बेहोर्नुपरेको बताएको छ । औषधिमा म्याद नहु“दा स्वास्थ्यचौकीलाई औषधि वितरणका लागि समस्या भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानले लटअनुसार प्याड वितरण गरिने भएकाले त्यसको भरपाइ समयमै प्राप्त हुन नसकेको र ब्याच नम्बर र म्याद सकिने मिति उल्लेख भएका औषधिमात्र खरिद गरिएको दाबी गर्नुभयो ।