ट्विंकल ४९ वर्षे उमेरमा स्नातकोत्तर गर्दै

0
Shares

भनिन्छ पढ्नलाई उमेरले छेक्दैन। विभिन्न कारणले पढाइ पूरा गर्न नपाएका मानिसले चढ्दो उमेरमा पनि पढाइ पूरा गर्ने गर्छन्।

कला क्षेत्रमा लागेका अभिनेत्रीहरुले त कमै मात्रामा पढाइलाई निरन्तरता दिएका हुन्छन्। फिल्मी करिअरमा व्यस्त भएर पढाइ पूरा गर्न नपाएकी बलिउड अभिनेत्री ट्विकंल खन्ना फिल्मबाट फुर्सदिलो भएपछि पढाइ पूरा गर्न लागिपरेकी छन्। ट्विकंल यतिखेर लन्डनस्थित गोल्डस्मिथ विश्वविद्यालयबाट साहित्य लेखनमा स्नातकोत्तरको अध्ययन गरिरहेकी छिन्।

४७ वर्षको उमेरमा आफ्नो पढाइ पूरा गर्ने लक्ष्य लिएकी उनी ४९ लाग्दै गर्दा विद्यार्थी जीवनको मज्जा लिइरहेकी छिन्। हालै उनले सामाजिक सञ्जालमा केही भिडियो सेयर गरेकी छन्, जसमा उनी आफ्ना साथीहरुका साथ कफी पिउँदै रमाइरहेको देख्न सकिन्छ।

ट्विंकललाई जीवनको पचासौं वसन्तको आसपासमा पढाइ सुरु गर्न उनका पति एवम अभिनेता अक्षय कुमारले पनि राम्रो साथ र हौसला दिएका छन्। उनी बेला बेला आफ्नो दुई बच्चा आरव तथा नितारालाई लिएर ट्विकंललाई भेट्न लन्डन पुगेर उनका साथ समय बिताउने गर्छन्।