उपाधि नै उपाधि

0
Shares

फेसन ईराले राजधानीमा विभिन्न वर्ग र उमेर समूहमा प्रतियोगिता आयोजना गरी विविध उपाधि प्रदान गरिएको छ। बालबालिकाको प्रतिभामूलक स्पर्धामा आयुश कार्की, जस्मिन पुन, मार्लाेन तामाध्र र प्रिया गुरुङ मिस्टर एन्ड मिस किड्स स्टार इन्टरनेसनल २०२३ को विजेता भएका छन् भने सुविज्ञा कुँवर अर्गनाइजर च्वाइस भएकी छन्।

त्यस्तै, शुभम घिमिरे र ओजस्वी घिमिरे फस्ट, साहिल तामाङ र रीवा चौहान सेकेन्ड तथा कृष श्रेष्ठ र निमा तामाङ थर्ड रनर्सअप भए भने अर्को समूहमा रायन लखन्द्री र क्रिष्टिना पोखरेल फस्ट, जोन्सन ओझा र रिहाना उप्रेती सेकेन्ड तथा स्यामुएल तामाङ र सान्विका बुढाथोकी थर्ड रनर्सअप भए। प्रनेश घले र समृद्धि बुढाथोकी अर्गनाइजर च्वाइस भए।

त्यसैगरी, मिस्टर एन्ड मिस एसईई २०२३ तर्फ रोनिश पाण्डे र सोनिका श्रेष्ठ विजयी भए। प्रतियोगितामा विवेक रानापाल र झरना ओली अर्गनाइजर च्वाइस, युग अधिकारी र जानवी भण्डारी फस्ट, विकास भद्म र कृष्मा क्षेत्री सेकेन्ड तथा रोनिश नेपाली र एकता शाह थर्ड रनर्सअप भए।त्यसैगरी, रीना तामाङ एसईई बेस्ट मोडल अफ द युनिभर्स नेपाल, स्मृति विश्वकर्मा प्रि टिन इन्टरनेसनल नेपाल, आइरिस गुरुङ टिन इन्टरनेसनल नेपाल, नेहा बुढाथोकी इन्टरनेसनल टिन अफ द इयर नेपाल, स्मित ढुंगाना इन्टरनेसनल टिन अफ द इयर मेल, विवेक रानापाल बेस्ट मोडल अफ द युनिभर्स नेपाल, आर्यन पोखरेल र उभ्भी लामा गुरुङ किड्स इन्टरनेसनल विनर लिटिल टुरिजम एम्बेसडर नेपाल र ब्रियाना उप्रेती किड्स बेस्ट मोडल अफ युनिभर्स नेपाल भए।