निःशुल्क आँखा शिविर सम्पन्न



काठमाडौं । नमस्ते आई सेन्टरको ११औं वार्षिक उपलक्ष्यमा एक दिवसीय निःशुल्क आँखा शिविर र ज्येष्ठ नागरिकहरुलाई सहुलियतमा उपचार गर्ने शनिबारबाट शुभारम्भ गर्नुभयो । उक्त कार्यक्रमका प्रमुख अतिथि १२ वडाका अध्यक्ष बालकृष्ण महर्जनले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा अध्यक्ष महर्जनले १२ वडाका ज्येष्ठ नागरिकहरुलाई निःशुल्क आँखा परिक्षणमा सुहलियत दरमा होइन निःशुल्क नै गर्नु भएमा राम्रो हुने र यस निःशुल्क गर्नका लागि कती रकम नपुग हुने छलफलबाट टुग्याउने प्रतिवद्धता जनाउनुभयो ।

यस्तै निःशुल्क आँखा शिविरमा १ सय ५० जनाले आफ्नो अति संवेदनशिल आँखा जाँच गरी लाभ उठाएका छन् । यस शिविरमा औषधिहरु निःशुल्क प्रदान गरिएका छन् ।

यस कार्यक्रमका सभापतित्व नमस्ते आई सेन्टरका अध्यक्ष सिद्धार्थ रञ्जितले स्थापनाकालदेखि नै ज्येष्ठ नागरिकलगायत आर्थिक रुपले विपन्न आँखाका बिरामीहरुलाई विभिन्न सहुलियतमा सेवा प्रदान गर्दैै आइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्