गायिका देविका वन्दना क्यान्सरलाई जितेपछि अब निर्देशक पनि



लोकप्रिय गायिका देविका वन्दनाले क्यान्सरसँग जुधेर थप बलियो भएको प्रमाण पेश गर्दै म्युजिक भिडियोको निर्देशन गरेकी छन्।

कोरोना कहरले सताइरहेको समयमा अचानक स्तन क्यान्सर भएको थाहा लागे पनि त्यसबाट बिचलित नभई गीत+संगीतको गतिविधिलाई लगातार अघि बढाउँदै आएकी देविकाले आपूmद्वारा स्वरबद्ध सुनैको जन्तर बोलको गीतको भिडियो पहिलोपटक निर्देशन गरेकी हुन्। उनीद्वारा निर्देशित सो गीतको भिडियो हालै सार्वजनिक भएको छ। रमाइलो शैलीको गीतमा शब्द रचना नरेश भद्मराई, संगीत नरहरी प्रेमी र एरेन्जमेन्ट आमोश तामाध्रको रहेको छ।

बुटवलमा छायांकन गरिएको गीतको भिडियोमा कोरस कलाकारका साथमा दीपान्शु श्रेष्ठ र गीता ढुंगानाका नृत्य र अभिनय, दीपक श्रेष्ठको नृत्य संयोजन र सम्पादन तथा प्रदीप कंडेलको छायाँकन रहेको छ। गीत र भिडियो गायिका देविका वन्दनाकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

देविकाले आपूmलाई क्यान्सर भएको कसैलाई थाहा नदिई उपचार गराएर ठीक भएकी हुन्। उनले क्यान्सरलाई जितेपछि केहीअघि मात्र जित्नेको हासो नामक आत्मकथा सार्वजनिक गरेकी थिइन्। क्यान्सर भएको र त्यसलाई जितेको जानकारी पनि उनले सोही पुस्तकबाट थाहा दिएकी थिइन्। क्यान्सर भएकै समयमा पनि उनले विभिन्न गीत रेकर्ड गराएकी थिइन् भने सांगीतिक प्रस्तुतिसमेत दिएकी थिइन्।

तीन दशकदेखि गायन क्षेत्रमा निरन्तर सक्रिय गायिका वन्दनाले भिडियो निर्देशनमा आपूmलाई गायनमा जस्तै अब्बल सावित गरेर देखाई दिएकी छिन्। ञआप्mनो गीतको म्युजिक भिडियो आफैले निर्देशन गरें। कस्तो गरे, दर्शक स्रोताले मूल्यांकन गर्ने कुरा हो। तर, आप्mनो गीतको म्युजिक भिडियो आफैले निर्देशन गर्नुको रमाइलो र आनन्द छद्मै हुनेरहेछु देविका भन्छिन् म्युजिक भिडियो निर्देशनमा अब्बल भए भन्ने पनि लागेको छैन।

तैपनि, स्रोता र शुभेच्छुकले मेरो कामलाई मन पराइदिएर हौसला दिनुभएको छ। यो हौसलाले योभन्दा पनि उत्कृष्ट भिडियो निर्देशन गर्ने आत्मबल पलाएको छ। गायनमार्फत त स्रोतालाई खुसी बनाउँदै आएको छु नै। अब निर्देशनबाट पनि निराश बनाउने छैनु देविका भन्छिन्। देविकाले तत्कालै नयाँ गीतको भिडियो निर्देशन पनि गर्ने भएकी छिन् भने आगामी दिनमा म्युजिक भिडियो निर्देशन यात्रालाई पनि गायन सँगसँगै अघि बढाउने भएकी छन्।

प्रतिक्रिया दिनुहोस्