नयाँ नेतृत्व चयनका लागि नेकपा (एस) निकट पत्रकारहरूको राष्ट्रिय अधिवेशन आजबाट



काठमाडौं । समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशन आजबाट शुरू हुँदैछ ।

अर्पण बैंक्वेट बानेश्वरमा तय गरिएको अधिवेशनको उद्घाटन नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गर्दैछन् । पत्रकारहरूको सो संगठन नेकपा (एस) निकट मानिन्छ ।

आजदेखि शुरू हुने सो राष्ट्रिय अधिवेशनबाट संगठनको नयाँ नेतृत्व चयन गरिने प्रमुख अजेन्डा रहेको छ । सो सम्मेललनमा करिब देशभरबाट ४ सय पत्रकार प्रतिनिधिले सहभागी जनाउँदै छन् ।

हाल यस संगठनको अध्यक्ष शम्भु श्रेष्ठ छन् भने महासचिवमा भुपराज खडका रहेका छन् । यस सम्मेलनबाट अब नयाँ नेतृत्व चयन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्