ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु



काठमाडौं ।

मोरङको बुढीगंगा गाउँपालिका–४, कोसी लोकमार्ग स्थितमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

आज दिउँसो साढे १ बजे ना.४ ख ९५०० नम्बरको ट्रकले ठक्कर दिँदा घाइते भएका  स्थानीय साइकलयात्री ६० वर्षीय वीरबहादुर रायको उपचारको क्रममा बिराट नर्सिङ होम बिराटनगरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ठक्कर दिने ट्रक र चालक बिर्तामोड नगरपालिका–४ झापाका ३२ वर्षीय भोला तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्