चोरी मुद्दाका फरार प्रतिवादी ३१ वर्षपछि पक्राउ



कञ्चनपुर।

कञ्चनपुरमा घरको भित्ता फोडेर चोरी  गरेर फरार रहेका एक जना ३१ वर्षपछि पक्राउ परेका छन् ।

जिल्लाको साविकको झलारी गा.बि.स–५ का भिमबहादुर ऐर बिहिवार पक्राउ परेका हुन् । उनलाई घरको भित्ता फोरेर चोरेको आरोपमा जिल्लाअदालत कञ्चनपुरले २०४९ मंसिर आठ गते २६ दिन कैद र छ हजार नौँ सय २९ रुपैँया जरिवाना तोकेको थियो । ऐरलाई जिल्लाबाट खटिएको प्रहरी टोलीले बिहिवार आफ्नै घरमा लुकिछिपि रहेको अवस्थामा पक्राउ गरेको हो ।

उनलाई कञ्चनपुर जिल्ला अदालतमा पेश गराई तोकिएको सजाय भुक्तानको लागी कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस्