ओलीको आरोप : कोशी नामकरण विरुद्धको आन्दोलनमा प्रचण्डको संलग्नता छ

0
Shares

काठमाडौँ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा नामकरणविरुद्ध भइरहेको आन्दोलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले माओवादीले पहिले कोशी प्रदेश नामकरणमा साथ दिएको र पछि पुनर्विचार गर्नुपर्छ भनेर भड्काइरहेको आरोप लगाए।

‘प्रचण्डहरुको यसमा प्रत्यक्ष संलग्नता देखिन्छ। नाम राख्ने, अलि पछि गल्ती भो भन्ने अब पुनर्विचार गर्नुपर्छ भन्ने त्यता मान्छे भड्काउन थाल्ने’ उनले भने।