बुद्धि र मुकुनले फिल्म पढाउने

0
Shares

अभिनेताद्वय बुद्धि तामाङ र मुकुन भुसालले काभ्रेको भकुण्डेबेसीका फिल्ममा चासो राख्ने विद्यार्थीलाई फिल्मबारे पढाउने भएका छन्।

आगामी शनिबार नमोबुद्ध नगरपालिकाको भकुण्डेबेसीमा यी दुई अभिनेता त्यहाँका विद्यार्थीलाई फिल्मका विविध विषयमा पढाउने भएका हुन्। सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनामा बिहीबारदेखि हुने दोस्रो संस्करणको तीनदिने महोत्सव नेपाल ग्रामीण चलचित्र महोत्सवको अन्तिम दिन ग्रामीण विद्यार्थीको नजरमा चलचित्र विषयमा उनीहरुले क्लास लिने भएका हुन्।

आयोजक सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाका अनुसार दुई अभिनेताले विद्यार्थीहरुसँग अन्तरक्रिया गर्दै फिल्मप्रति विद्यार्थीको नजर कस्तो छ भन्नेबारे अभिनेताद्वयले बुन्नने प्रयास गर्नेछन्। शनिबार लेखक एवं निर्देशक दीपेन्द्र लामा, अभिनेत्री दीया पुन र अस्कर कलेजका प्रिन्सिपल रामराजा दाहालको मास्टर क्लाससमेत उनले जानकारी गराए। आप्mनै गाउँ, आप्mनै भाषा, आप्mनै चलचित्र भन्ने नाराका साथ हुने महोत्सवमा दुई दर्जनभन्दा बढी फिल्म सहभागी छन्। महोत्सवमा झिंगेदाउ, प्रकाश, डेसानसँगै तामाङ र गुरुङ फिल्म प्रदर्शन गरिनेछ।