अवैध लागूऔषधसहित एक जना प्रहरी नियन्त्रणमा



स्याङ्जा । स्याङ्जामा अवैध लागूऔषधसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले पुतलीबजार नगरपालिका–४ रामकोषमा सवारी चेकजाँच गर्ने क्रममा बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग. २ ख. ५१५ नं. को यात्रुबाहक बस चेकजाँच गर्दा भक्तपुर घर भई पोखरा बस्दै आएका ५० वर्षीय दिनेश महर्जन नियन्त्रणमा लिएको हो ।

महर्जनको साथबाट दुई एमएलको झोलसहितकोे फेनेरागन ६४ एम्पुल, नुफिन ६४ एम्पुल र डाईजेपाम ६४ एम्पुल गरी जम्मा १ सय ९२ एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

महर्जनलाई स्याङ्जा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्