वयस्क हाजिरी जवाफ प्रतियोगितामा नौकुण्ड गाउँपालिकाको समूह प्रथम

0
Shares

रसुवा । विश्व वातावरण दिवसको अवसरमा आयोजित वयस्क हाजिरी जवाफ प्रतियोगितामा नौकुण्ड गाउँपालिकाको समूह प्रथम भएको छ ।

त्यस्तै नौकुण्ड गाउँपालिका–६ द्वितीय भएको छ भने वडा नम्बर–३ पारच्याङ तृतीय भएको छ ।

प्रथम स्थान हासिल गर्नेलाई ९ हजार, द्वितीय हुनेलाई ७ हजार ५ सय र तृतीय हुनेलाई ४ हजार ५ सय नगदसहित प्रमाणपत्र वितरण गरिएको थियो । उक्त प्रतियोगितामा आठवटा समूहको सहभागीता थियो ।

प्लास्टिक जन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपभोग गरौं भन्ने मूल नाराका साथ यहीँ जेठ २२ गते नौकुण्ड गाउँपालिकाको पारच्याङमा वयस्क हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।