ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ


काठमाडौं।
ज्यान मार्ने उद्योगका फरार प्रतिवादी काभ्रेपलाञ्चोक घर भई ललितपुर महानगरपालिका-९ च्यासल बसने ३४ वर्षीय वसन्त हमाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट ज्यान मार्ने उद्योग मुद्दाको वारदात पश्चात २०६३ फागुन २४ गतेदेखि फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-९ च्यासलबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाइएको छ ।