अनलाइन माध्यमद्वारा यौन दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ

0
Shares

काठमाडौँ ।

अनलाइनको माध्यमबाट महिलालाई यौन दुर्व्यवहार गरेको आभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटमोड बस्ने २३ वर्षीय दिनेश कुमार राउतलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आइतबार प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो।

सामाजिक सञ्जाल टिकटक मार्फत महिलासँग साथी बनी कुराकानी गर्ने गरेको र अरु सामाजिक संजालका विभिन्न प्लेटफमहरू फेसवुक, म्यासेन्जर, ह्वाट्स एप तथा इमोमा समेत संवाद गरेको सम्वादकै क्रममा अनलाइन माध्यमद्वारा यौन दुर्व्यवहार गरी सो कार्यको स्क्रीन समेत गरी फेक आईडी मार्फत प्रसारण गरी दुःख हैरानी तथा चरित्रहत्या गरेको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो ।

उनीउपर काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ