एक चिम्टी सिन्दूरको ब्यथा



गीतकार सबिता पोखरेलको शब्द रचनामा सेन्टिमेन्टल गीत एक चिम्टी सिन्दूर सार्वजनिक गरिएको छ।

गीत भिडियोसहित म्यूजिक खबर यूट्यूब च्यानलमार्फत् सार्वजनिक गरिएको हो। गायिका अन्जु पन्तको स्वर रहेको गीतमा एवं सरोज कोइरालाको संगीत रहेको छ भने संगीत संयोजन विष्णु अधिकारीको रहेको छ।

गीतमाथि कथानक भिडियो निर्माण गरिएको छ। फरक फरक परिवेशका दुई महिला पात्रको कथा बुनिएको भिडियोमा कसैले सिन्दुर पाएर त्यसको इज्जत नपाएको र कसैले अरु सबै कुरा पाएर पनि एक चिम्टि सिन्दुरका लागि तड्पिनु परेको देखाइएको छ।

गीतको भिडियोले बैबाहिक सम्बन्धपछिको माया प्रेमको कथा बुनेको छ। गीतको भिडियोमा सागर लम्साल ञबलेु, अन्जली अधिकारी र समिक्षा क्षेत्रीको त्रिकोणात्मक कथा बुनिएको छ। भिडियोमा छायांकन नवराज उप्रेती र सम्पादन नविन उप्रेतीको रहेको छ।

प्रतिक्रिया दिनुहोस्