सर्भरमा समस्या आएको भन्दै राष्ट्रिय परिचयपत्र बनाउने काम रोकियो



काठमाडौं । सर्भरमा समस्या आएको भन्दै राष्ट्रिय परिचयपत्र वितरणको काम दुई दिनदेखि ठप्प भएको छ । जसका कारण हजारौं सेवाग्राही अहिले अलपत्र परेका छन् ।

सरकारले वितरण गर्ने उक्त परिचयपत्रको आधारमा अन्य सरकारी कागजात बन्ने भएकाले दुई दिनदेखि सर्भरमा समस्या आएको भन्दै नियामक निकाय पन्छदै आएको छ ।

अत्यावश्यक सेवाभित्र पर्ने उक्त कामलाई राज्यले वेवास्ता गरेको कारण आफूजस्तै हजारौँ नेपालीले दुःख पाएको सिन्धुलीकी राममाया तामाङले बताइन् ।

राष्ट्रिय परिचयपत्र विना राहदानी बनाउन नपाइने सरकारी नियमका कारण आफू अहिले अलपत्र परेको जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भेटिएकी तामाङले बताइन् ।

अहिले देशभरकै सर्भर डाउन भएको भन्दै ७७ वटै जिल्लाका प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र बनाउने काम बिहीबारबाट रोकेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख घनश्याम उपाध्यायले सरोवर डाउन हुँदा सयौँ सेवाग्राहीलाई सेवा दिन नसकेकोमा आफू दुःखी भएको बताए ।

सिंहदरवारभित्र रहेको मुख्य सरोवरमा नै समस्या आएको कारण देशभरको सेवा रोकिँदा पनि सरकारले उक्त समस्याको समाधान गर्न आलटाल गरेको आरोप सेवाग्राहीले लगाएका छन् ।

जनताकालागि के के न गछौं भन्ने सरकारले एउटा सानो समस्या समाधान गर्न नसक्नेले ठुला कुरा गर्नुको अर्थ नभएको जिल्ला प्रशासन कार्यालय काठमाडौका भेटिएका मदन दाहालले बताए ।

बिहीबारदेखि बिग्रिएको सरोवर कहिले बन्छ भन्ने टुंगो छैन । देशभरका जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयले सरोवर बनेपछि मात्रै राष्ट्रिय परिचयपत्र बनाउन आउन भन्दै सेवाग्राहीलाई फर्काउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्