कालीगण्डकी कोरिडोरमा बस दुर्घटना : नौ जना  घाइते



नवलपरासी। 

 पूर्वी नवलपरासीको गैडाकाेट ३ तरङखाेला स्थित काली गण्डकी कोरिडोरमा मंगलबार साँझ यात्रुबस दुर्घटना भएको छ ।
दुर्घटनामा परि घाइते भएका ९ यात्रुलाई चितवन स्थित नयाँ मेडिकल कलेज पटाइएको जिप्रका नवलपरासी पूर्वले जनाएको छ ।

प्रहरीका अनुसार पूर्वी चितवनबाट नवलपुरको बुलिङ्ग ६ घुमाउरी दर्शन गर्न गएका २७ यात्री तीर्थाटन गरी  बा २ ख ७५८३ नम्बरको बस मा फर्कँदै गर्दा सो दुर्घटना भएको हो ।

प्रारम्भिक विवरणमा बस दुर्घटनाको कारण ब्रेकफेल भएको बताइका छ ।

चालकलाई ईप्रका गैडाकाेटले नियन्त्रणमा लिएको जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ सन्तोष पाठकले बताउनु भयो ।

करिडाेरकाे पहाडी क्षेत्रमा बस दुर्घटना भएको सूचना पाए लगत्तै ईप्रका गैडाकाेट,ईप्रका डेडगाउँ र प्रहरी चौकी बुलिङ्गबाट प्रहरीटाेली परिचालित भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्