गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने

0
Shares

काठमाडौं । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट भाषणमा औषधि प्रयोजनका लागि आगामी आर्थिक वर्षमा गाँजा खेती अध्ययन गर्न बजेट विनियोजन गरिएको बताउनुभयो । अहिले सरकारले गाँजालाई लागू औषधको रूपमा लिने गरेको छ । राजनीति दलका कतिपय नेता तथा सांसदहरूले भने गाँजालाई खुल्ला गर्नुपर्ने बहस उठाउँदै आएका थिए ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले पशुपन्छीको महामारी नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गर्न आगामी आर्थिक वर्ष विभिन्न रोगका करिब छ करोड ६० लाख डोज भ्याक्सिन स्वदेशमै उत्पादन गर्न आवश्यक रकम विनियोजन गरिएको बताउनुभयो ।

बजेटमा सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ मा जडीबुटीको व्यावसायिक खेती प्रवद्र्धन गर्ने घोषणा गरेको छ । जडीबुटीको व्यावसायिक खेती प्रवद्र्धन गर्न कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्भाव्य स्थानीय तहमा गुणस्तरीय विरुवा उत्पादन र पकेट क्षेत्र विकास गर्न बजेट छुट्याइएको छ । साथै बजेटमा जडीबुटीको प्रशोधन तथा सारतत्व प्रमाणित गरी निर्यात प्रवद्र्धन गर्न प्रोत्साहित गरिने पनि उल्लेख छ ।