बजेटमा छुट र थप कर

0
Shares

–वार्षिक ५० लाखभन्दा बढी आय भएका प्राकृतिक व्यक्तिलाई लाग्दै आएको आयकरको दर वृद्धि ।

–सूचना प्रविधिमा बिजनेस प्रोसेस आउटसोर्सिङ, सफ्टवेयर प्रोग्रामिङ, क्लाउड कम्प्युटिङजस्ता सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिलाई विदेशी मुद्रामा प्राप्त गरेको आयमा लाग्ने करमा ५० प्रतिशत छुट ।

–मूल्य अभिवृद्धि करका १७० र अन्तः शुल्कका ३४० वस्तुमा दिएको छुटका दर खारेज ।

–आत्मनिर्भर भएका औद्योगिक वस्तुको आयातमा लाग्ने महसुल वृद्धि ।

–साउन १ गतेपछि सम्झौता हुने आयोजनाका लागि आवश्यक पर्ने सिमेन्ट, फलामे डन्डी, फलामे पाइप तथा प्लास्टिकका पाइप, जस्तापाता, विद्युतीय केवलजस्ता स्वदेशमा पर्याप्त उपलब्ध हुने वस्तुको पैठारीमा लाग्ने महसुल छुट नहुने ।

–नेपालमा विद्युतीय सेवा बिक्री गर्ने गैरबासिन्दा व्यक्तिलाई करको दायरामा ल्याउन २०८० साल जेठ मसान्तसम्मको मूल्य अभिवृद्धि कर २०८० साल असार २५ गतेसम्म दाखिला गरेमा शुल्क, ब्याज र थप दस्तुर मिनाहा ।

–साउन १ गतेपछि आयात भएका मालवस्तुको प्याकेजिङमा आयातकर्ता र बजार वितरकको लेबल लगाएर मात्र बजारमा पठाउन पाउने ।

–सामाजिक सुरक्षा कोषमा आवद्ध वैदेशिक रोजगारमा लगातार १२ महिना काम गरेर फर्केका व्यक्तिले एउटा जुनसुकै आकारको टेलिभिजनमा भन्सार महसुल छुट पाउने ।

–स्वदेशी उद्योगले यस्ता वस्तु आयोजनालाई बिक्री गर्दा लाग्ने मूल्य अभिवृद्धि कर र अन्तः शुल्क छुट दिएर बिक्री गर्न सक्ने लघु, घरेलु तथा साना उद्योगको संरक्षण र प्रवद्र्धनका लागि यस्ता उद्योगले आफ्नो उत्पादन प्रयोजनका लागि पैठारी गर्ने घरायसी प्रयोजन हुने बाहेकका मिल र मेसिनरीमा एक प्रतिशत मात्र भन्सार महसुल लाग्ने ।

–मोबाइल डिभाइस म्यानेजमेन्ट प्रणालीमा दर्ता हुन नसकेका मोबाइल फोन सम्बन्धित प्रयोगकर्ताले एकपटकका लागि २०८० साल असार मसान्तसम्ममा तोकिए बमोजिम एकमुष्ट महसुल बुझाई दर्ता गर्न सक्ने ।

–लघु, घरेलु तथा साना उद्योगको संरक्षण र प्रवद्र्धनका लागि यस्ता उद्योगले आफ्नो उत्पादन प्रयोजनको लागि पैठारी गर्ने घरायसी प्रयोजन हुनेबाहेकका मिल र मेसिनरीमा एक प्रतिशत मात्र भन्सार महसुल लाग्ने ।

–मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भई वार्षिक १ करोडसम्मको कारोबार गर्ने करदाताले अब चार–चार महिनामा विवरण पेस गर्न सक्नेछ ।

–वार्षिक २५ करोडभन्दा बढीको कारोबार गर्ने करदातालाई केन्द्रीय बिजक प्रणालीमा आबद्ध गर्ने ।

–बियरमा प्रतिलिटर २२८ रुपियाँ अन्तःशुल्क लाग्दै आएकोमा त्यसलाई वृद्धि गरी २३५ रुपियाँ पु¥याइएको छ । वृद्धिको ७ रुपियाँमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर जोड्दा प्रतिबोतल १० रुपियाँ वृद्धि हुने ।

–आयातित मदिरामा विलासिता कर भन्सार विन्दुमै असुली हुने ।

–अब विदेश भ्रमणमा जाने नेपालीले भुक्तानी गर्ने रकममा ५ प्रतिशत वैदेशिक पर्यटन कर तिर्नुपर्ने ।

–पाँचतारे होटल र लक्जरी रिसोर्टले प्रदान गर्ने सेवामा विलासिता कर लाग्ने ।

–१० लाखभन्दा बढी मूल्यका हीरा, मोती, पत्थरजडित सुन वा बहुमूल्य धातुका गहनामा विलासिता कर लाग्ने ।