पूर्व पतिसँग करिश्माको पुनर्मिलन

0
Shares

बलिउड अभिनेत्री करिश्मा कपुर पछिल्लो समय फिल्मबाट टाढा छिन्। मिडियामा पनि खासै नदेखिने करिश्माका केही तस्वीर पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।

कालो वन पिसमा सजिएर डिनरका लागि निस्किएकी उनी आफ्नो लुक्सको कारण मात्र नभई कसका साथ डिनर डेटमा गइन् भन्ने कुराले बढी चर्चा पाएको हो। हालै उनी आफ्नो पूर्वपति सञ्जय कपुरका साथ डिनर डेटमा निस्किएकी हुन्। साथमा उनीहरुको छोरी समाएरा कपुर पनि थिइन्। सञ्जय र करिस्माको मिडियामा आएको फोटोमा उनीहरु निकै खुसी देखिन्छन्।

करिश्माको यस्तो फोटो भाइरल हुँदा मानिसहरु भने विगतमा करिश्माले आफ्नो पतिविरुद्ध बोलेका कुरा सम्झाएर टझोल गरिरहेका छन्। केहीले भने सञ्जय र करिश्मा फेरि एक हुन लागेका त हैनन् भन्ने जिज्ञासा राखेका छन्। तर, सञ्जय आफ्नी दोस्रो पत्नी तथा अभिनेत्री एवम मोडल प्रिया सचदेवका साथ वैवाहिक सम्बन्धमा रहँदै आएका छन्। सन् २००३ मा विवाह बन्धनमा बाँधिएका सञ्जय र करिश्माले सन् २०१६ मा वैवाहिक सम्बन्ध टुग्याएका थिए। हाल उनीहरुको १८ वर्षकी छोरी समाएरा छिन्। सम्बन्धविच्छेदपछि सञ्जयले विवाह गरे भने करिश्मा आफ्नी छोरीका साथ रहँदै आएकी छन्।