भ्रष्टाचारविरुद्ध हाम फालिसक्यौँ, कतिबेला ‘एम्बुस’मा पर्ने हो थाहा छैन : प्रधानमन्त्री


काठमाडौँ।
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध जस्तै भ्रष्टाचारविरुद्धको लडाइँमा हाम फालेको बताएका छन् ।

प्रेस सेन्टर नेपालको १९ औँ साधारण सभा एवम् २१ औँ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘१० वर्षे जनयुद्धमा को-कति बेला मारिने हो अत्तोपत्तो नहुनेगरी जसरी हाम फालेका थियौँ, त्यसैगरी अहिले पनि हामी भ्रष्टाचार र बेथितिविरुद्ध हाम फालिसकेका छौँ,’ उनले भने, ‘हामीलाई विरोधीले कतिबेला एम्बुसमा पार्ने हो थाहा छैन। जसरी विचार र वर्गको निम्ति समर्पित भएर जनयुद्धमा लागेका थियौँ, त्यसैगरी अहिले पनि हामी त्यही शंकल्पका साथ लागेको छौँ।’

जनयुद्धमा करोडौँ जनताले साथ दिए जसरी अब भ्रष्टाचार र बेथितिविरुद्धको आन्दालेनमा साथ दिन पनि अनुरोध गरे।