प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणप्रति परराष्ट्र मन्त्री एनपी साउँद उत्साहित

0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणको औपचारिक घोषणा भएको छ ।

परराष्ट्र मन्त्रालय र भारतीय दूतावासले आज विज्ञप्ति जारी गरेर प्रधानमन्त्रीको भारत भ्रमणबारे औपचारिक घोषणा गरेका हुन् ।

जसअनुसार प्रधानमन्त्री प्रचण्डले जेठ १८ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तय भएको छ ।

‘सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले ३१ मेदेखि जुन ३ सम्ममा भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीको विनम्र निमन्त्रणामा भारतको औपचारिक भ्रमण गर्नुहुनेछ भनेर घोषणा गर्न पाउँदा उत्साहित छु’ पराराष्ट्र मन्त्री एनपी साउँदले भनेका छन् ।