सिके रावत नेतृत्वको जनमत पार्टीकाे जनप्रतिनिधि समन्वय समितिको बैठक बस्दै

0
Shares

काठमाडौं । जनमत पार्टीको जनप्रतिनिधि समन्वय समितिको बैठक आह्वान गरिएको छ । बैठक आज (शनिबार) आह्वान गरिएको हो ।

स्थानीय तहमा जनमत पार्टीबाट निर्वाचित वडाध्यक्ष, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुखहरूको बैठकमा उपस्थिति रहने पार्टी अध्यक्ष सिके राउतले जानकारी दिए ।

पार्टीको अवधारणाअनुरूप आगामी नीति तथा कार्यक्रमको खाका कोर्ने र स्थानीय बजेटमा समावेश गर्न सुझाव दिइने बताइएको छ ।