प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण कहिले ?

0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको मिति तय गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रचण्ड जेठ १७ गते भारत भ्रमणमा जाने मिति तय गरिएको हो ।

प्रचण्ड प्रधानमन्त्री बनेपछिको यो पहिलो विदेश भ्रमण हो । भ्रमणको क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जगदीप धनकर र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्ने तालिका छ । मोदीसँग जेठ १८ गते वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनीहरूबीच भारत र नेपालबीच द्विपक्षीय साझेदारी गर्न विभिन्न क्षेत्रमाथि छलफल हुनेछ । मन्त्रालयका अनुसार वार्तापछि उनीहरूले संयुक्त रूपमा पत्रकार सम्मेलन पनि गर्नेछन् ।

प्रधानमन्त्री भएपछि प्रचण्ड भारत भ्रमणमा चौथो पटक जान लागेका हुन् । उनी भारत भ्रमणबाट जेठ २० गते स्वदेश फर्किने तालिका छ ।