संसद् बैठक अवरुद्ध नहुने, नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने

0
Shares

काठमाडौं । पशुपतिनाथ मन्दिरमा चढाइएको जलहरीका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने भएका छन् ।

सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रमुख दलका शीर्ष नेतासँग भएको छलफलमा सो सहमति भएको हो । सो सहमतिसँगै अवरुद्ध संसद् आजवाट खुल्ने भएको छ ।

पशुपतिनाथमा चढाइएको जलहरीमा अनियमितता भएको भन्दै प्रमुख सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का सांसद राजन दाहालले प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नाम लिएपछि एमालेले हिजो संसद् अवरुद्ध गरेको थियो ।

यसबारे आज (शनिबार) अपरान्ह ४ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले सत्यतथ्य जानकारी गराउने भएपछि संसद् सुचारू गर्ने सहमति भएको हो ।

सो अभिब्यक्तिलाई लिएर माओवादीले माफी माग्नुपर्ने अथवा सोबारे छानबिन गरे ‘सुन हो कि पित्तल’ छुटाउनुपर्ने अडान राखेपछि हिजो संसद् चल्न सकेको थिएन ।

आज संसद् सुचारू भएलगत्तै प्रधानमन्त्रीले जारी नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिनेछन् ।