पूर्वराजाको नागरिक अभिनन्दन

0
Shares

सुर्खेत । पुर्व राजा ज्ञानेन्द्र शाहको आज सुर्खेतमा नागरिक अभिनन्दन गरिने भएको छ ।

सुर्खेतमा हुने नागरिक अभिनन्दन ग्रहणका लागि उनी अपरान्ह कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर आउने छन् ।

राप्रपा सुर्खेतका अध्यक्ष कविराम पुरीका अनुसार पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रमको सम्पूर्ण तयारी पूरा भईसकेको छ ।

पूर्वराजा शाहसहित पूर्वमहारानी कोमल, पूर्वयुवराज्ञी हिमानी शाह पनि अभिनन्दन कार्यक्रममा सहभागी हुनेछन् ।

अभिनन्दन कार्यक्रम पश्चात् राजपरिवारले देउती बज्यै मन्दिर र कालिका मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ ।