संगीतसँग यात्रा र सम्मान

0
Shares

एरेञ्जर राजु खड्काको सांगीतिक यात्राले २५औं वर्ष पार गरेको अवसरमा रेशराज प्रोडक्सन प्रालिले राजधानीमा संगीतसँग यात्रा नामक कार्यक्रम आयोजना गरेको छ।

जमलस्थित राष्ट्रिय नाचघरमा हालै सम्पन्न कार्यक्रममा विभिन्न कलाकारलाई सम्मान गरिनुका साथै फिल्म उस्ताद जीको टे«लर सार्वजनिक गरिएको थियो। कार्यक्रममा गायक लाक्पा शेर्पा, पञ्चमान तामाङ (शैलाब वाइवा), उत्सव सुब्बा लामा र मरिचमान तामाङ, गायिका ज्ञानु राणा, साउन्ड डिजाइनर दीपरत्न तुलाधर, अभिनेता, निर्माता तथा निर्देशक नवल खड्का, गीत तथा कथाकार मीनसागर लामा, संगीतकार आभाष फुया“ल, गायक, संगीत संयोजक तथा संगीतकार पवन वाङ लामा, वाद्यवादक भरत बुढाथोकी, गीतकार दुर्गा लामालगायतलाई सम्मान गरिएको थियो।

‘फिल्मका नायकहरू आउँछन्, एक–दुई वर्षमै गायब हुन्छन्। तर ,गीत संगीतका नायकहरू भने सदा जनतामा छाइरहन्छन्’ कार्यक्रमका प्रमुख अतिथि नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले भने ‘त्यसैले गीत संगीतलाई महत्व र मान्यता दिन सकिएमा हाम्रो संगीतको स्तर बढ्दै जानेछ, जसले अन्ततः देशलाई नै फाइदा पुग्नेछ।’ कार्यक्रम रेशराज प्रोडक्सन प्रालिका अध्यक्ष गायक रेशमकुमार विश्वकर्माको सभापतित्वमा सम्पन्न भएको थियो।