नीरफूलको ढलपल ढलपल जिन्दगीकै डुंगा

0
Shares

आगामी जेठ २६ गते देशभर रिलिज हुने फिल्म नीरफूलको गीत ढलपलढल भयो आज जिन्दगीकै डुंगाको लिरिकल भिडियो सार्वजनिक गरिएको छ।

हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा रुबी भ्यालीको सुन्दरतासँगै प्राकृतिक विपत्तिपछि एउटा परिवारमा आएको हलचल प्रस्तुत गरिएको छ। २०७२ को महाभूकम्प र प्mयामिली मिसिङको कथावस्तु समेटिएको फिल्मको गीतमा राजेशपायल राईको स्वर र चन्द्रकुमार दोङको संगीत रहेको छ। सेलो संगीतमा आधारित गीतको लिरिकल भिडियोमा दयाहाङ राई परिवारसित हाँसी खुसी रमिरहेको देखिन्छ। प्mयामिली मिसिङको दुःख पनि भिडियोमा
समेटिएको छ।

दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी अभिनित फिल्मको निर्देशन फूलमान वलले गरेका हुन्। पटकथासमेत लेखेका वलले फिल्मलाई भूकम्पले भत्काएको सम्बन्धलाई जोड्न गरिएको प्रयत्न भनेका छन्।