मन्त्री सिंहद्वारा प्रहरी अस्पतालको निरीक्षण, स्वास्थ्य सेवा सहज बनाउन निर्देशन (तस्विरसहित)



धनगढी । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहले शुक्रबार सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालको निमन्त्रणामा अस्पतालको निरीक्षण गर्नुभएको छ ।

अस्पतालले दिने सेवा, भौतिक पूर्वाधार, उपकरण, मानव जनशक्तिको अवस्थाबारे मन्त्री सिंहले जानकारी लिनुभएको थियो । अस्पतालको निरीक्षण गर्दै मन्त्री सिंहले अस्पतालबाट प्रवाह गरिने सेवा र गुणस्तरमा कमी आउन नदिन निर्देन दिनुभयो ।

उहाँले अस्पतालका लागि चाहिने आवश्यक भौतिक पूर्वाधार उपकरणका लागि सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल प्रमुख डिएसपी डा.सविता सिंहले सेवा सुविधा र भौतिक संरचनासहित अस्पतालबारे जानकारी दिँदै थप व्यवस्थित बनाउन सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताउनु भयो ।

२०७९ साल असार १६ गते सुदूरपश्चिम प्रदेशको धनगढी कैलालीमा स्थापना गरिएको उक्त अस्पतालले कल्याणकारी कोषका लागि मात्र प्रत्येक बिरामीलाई चेकजाँच गरे बापत १० रूपियाँ मात्र लिने गरेको छ ।

अस्पताल व्यवस्थीत गर्न सकिएको छैन । भौतिक संचरनादेखि उपकरणहरूको कमी रहेको छ । वर्षातको मौसममा अस्पताल क्षेत्र डुवानमा पर्ने भएकाले बिरामीलाई चाहेजति सेवा दिन नसकिएको मेडिकल अफिसर डा.अनिमा कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रहरी अस्पताललाई भौतिक संरचना र डिजीटल प्रविधितिर लैजानको लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो ।’

प्रतिक्रिया दिनुहोस्