रौतहटमा १ बृद्धको हत्या

0
Shares

रौतहट । रौतहटमा अज्ञात समूहले एक बृद्धको हत्या गरेको छ । देवाही गोनाही नगरपालिका–१ स्थित करूनिया निवासी ७६ वर्षीय शेख तैयबको देवाही गोनाही–१ करूनियाबाट लक्षमिनियाँ जाने बाटो छेउमा हत्या भएको छ ।

उहाँको टाउको पछाडि चोट लागेको अवस्थामा मृत शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले तैयबको हत्या भएको देखिन्छ । उनको हत्याको कारण खुल्न नसकेको उहाँले बताउनुभयो ।

तैयबको हत्यामा कुन हतियार प्रयोग भएको त्यो खुल्न सकेको छैन ।