एक दशकपछि धितोपत्र व्यवसायमा नयाँ प्रतिस्पर्धी

0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट स्टक ब्रोकरको नयाँ लाइसेन्सका लागि आशयपत्र (एलओआई) पाएका ४३ कम्पनीमध्ये ७ वटाले ब्रोकर लाइसेन्स पाएका छन् । बोर्डको सोमबार बसेको ब्रोकरलाई लाइसेन्स दिने निर्णय गरेको हो। लाइसेन्स पाउनेमा भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, हिमालयन ब्रोकरेज, सन सेक्युरिटिज, मियो सेक्युरिटिज, सेयर प्रो सेक्युरिटिज र प्रोपर्टी विजार्ड रहेका छन्। धितोपत्र कारोबारमा नयाँ प्रतिस्पर्धी १२ वर्षपछि थपिएका हुन् । बोर्डले २०६८ सालमा थप २७ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिएपछि पहिलोपटक थप कम्पनीलाई लाइसेन्स दिएको हो ।

बोर्डमा निवेदन दिएका ४६ कम्पनीमध्ये तीन कम्पनीले एलओआई पाउन सकेका थिएनन् । बोर्डले नया“ ब्रोकर लाइसेन्सका लागि गत असोज २ गते आवेदन खुला गरेको थियो। तर, कात्तिक ४ गते सर्वोच्च अदालतले तत्काल नयाँ स्टक एक्सचेन्ज, ब्रोकर लाइसेन्स वितरण नगर्न बोर्डलाई अल्पकालीन अन्तरिम आदेश दिएपछि रोकिएको थियो । सर्वोच्च अदालतले चैत २६ गतेको संयुक्त इजलासबाट उक्त अल्पकालीन आदेश खारेजपछि नयाँ लाइसेन्स प्रक्रिया अगाडि बढेको थियो ।तत्पश्चात् बोर्डले ४३ वटा कम्पनीलाई एलओआई दिएको थियो ।

बोर्डले गत भदौ २६ गते धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ संशोधन गर्दै ब्रोकर लाइसेन्सका लागि आवेदन माग गरेको थियो । बोर्डले ब्रोकर छनोट गर्न मुख्य ५ वटा मापदण्ड तय गरेको थियो  । जसमा पुँजी, अनुमति प्रदानसम्बन्धी दस्तुर, सञ्चालकहरूको योग्यता, संस्था प्रमुखको योग्यता र सूचना प्रविधि छन्  । यी मापदण्डका आधारमा ब्रोकर छनोट गरी लाइसेन्स वितरण गरिने बोर्डले जनाएको छ ।

‘धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली (पा“चौं संशोधन) २०७९’ मार्फत नेपाल स्टक एक्सचेन्ज (नेप्से) को ब्रोकर छान्ने अधिकार संशोधन गरी बोर्डमा दिइएको छ । स्टक ब्रोकरको लागि न्यूनतम चुक्तापपुँजी २० करोड रुपियाँदेखि अधिकतम् १५० करोड रुपियाँसम्म रहेको छ । ३ प्रकारका ब्रोकर हुनेछ । सामान्य सेयर कारोबार गर्ने स्टक ब्रोकर कम्पनी खोल्न २० करोड रुपियाँ चुक्ता पुँजी हुनुपर्नेछ । त्यस्तै, मार्जिन लेन्डिङ, एड्भाइजरी सेवासमेत दिने ब्रोकर कम्पनी खोल्न ६० करोड रुपियाँ र आफ्नै नाममा सेयर खरिद बिक्री गर्न मिल्ने एवम् स्टक डिलरको समेत कार्य गर्न सक्ने गरी ब्रोकर कम्पनी खोल्न भने १ अर्ब ५० करोड रुपियाँ चुक्ता पुँजी चाहिने व्यवस्था गरेको छ ।

अहिले ५० वटा ब्रोकर कम्पनी सञ्चालनमा रहेका छन् । हाल सञ्चालनमा रहेका ब्रोकर कम्पनीले पनि वि.सं. २०८२ असार मसान्तसम्म तोकिएबमोजिमको चुक्ता पु“जी पु¥याउनुपर्ने भएको छ ।

नया“ लाइसेन्सका लागि आवेदन दिने कम्पनीमा नबिल बैंक सहायक कम्पनीका रूपमा रहेको नबिल सेक्युरिटिज कम्पनीले १५० करोड रुपिया“ चुक्ता पु“जीसहित आवेदन दिएको छ ।

त्यस्तै, ६० करोड रुपिया“ चुक्ता पु“जीसहितको ब्रोकर कम्पनीको लागि तीन वटा कम्पनीले आवेदन दिएका छन् । जसमा मेगा स्टक मार्केट र हिमालयन सेक्युरिटिज रहेका छन् । बा“की सबैले २० करोड रुपिया“ हाराहारी चुक्ता पु“जी रहेका ब्रोकर लाइसेन्सको लागि आवेदन दिएका छन् ।

नया“ स्टक ब्रोकरका लागि सिफारिस भएकाहरूमा भोले गणेश सेक्युरिटिज २१ करोड रुपिया“ चुक्ता पु“जी, क्यापिटल म्याक्स सेक्युरिटिज प्रालि २० करोड रुपिया“ चुक्ता पु“जी, कलश सेक्युरिटिज प्रालि २० करोड रुपिया“ चुक्ता पु“जी, हिमालयन ब्रोकरेज कम्पनी २३ करोड रुपिया“ चुक्ता पु“जी रहेको छ ।

त्यस्तै, एनएमबी सेक्युरिटिज २० करोड रुपिया“ चुक्ता पु“जी, केबीएल सेक्युरिटिज २० करोड रुपिया“ चुक्ता पु“जी, प्रोपर्टी विजार्ड २० करोड रुपिया“ चुक्ता पु“जी, सेयर प्रो सेक्युरिटिज प्रालि २० करोड रुपिया“ चुक्ता पु“जी, माछापुच्छ«े सेक्युरिटिज २३ करोड रुपिया“ चुक्ता पु“जी, एनआईसी एसिया सेक्युरिटिज २० करोड रुपिया“ चुक्ता पु“जी, सन सेक्युरिटिज प्रालि २५ करोड रुपिया“ चुक्ता पु“जी, पाही इन्भेस्टमेन्ट प्रालि २० करोड रुपिया“ चुक्ता पु“जी, मियो सेक्युरिटिज प्रालि २० करोड रुपिया“ चुक्ता पु“जी रहेको छ ।

यसै गरी, एलिट स्टक हाउस २० दशमलव ८० करोड रुपिया“ चुक्ता पु“जी, इन्फिनिटी सेक्युरिटिज २५ करोड रुपिया“ चुक्ता पु“जी, इन्डेक्स सेक्युरिटिज २२ करोड ५ लाख रुपिया“ चुक्ता पु“जी, जेबीएनएल सेक्युरिटिज २० करोड रुपिया“ चुक्ता पु“जी, प्रभु स्टक मार्केट क्यापिटल २० करोड रुपिया“ चुक्ता पु“जी, आरबीबी सेक्युरिटिज २० करोड रुपिया“ चुक्ता पु“जी, एसपीएसए सेक्युरिटिज ३० करोड रुपिया“ चुक्ता पु“जी रहेको छ ।

त्यस्तै, शुभकामना सेक्युरिटिज प्रालि २० करोड रुपिया“ चुक्ता पु“जी, ट्रेडमो सेक्युरिटिज प्रालि २० करोड रुपिया“ चुक्ता पु“जी, सानिमा सेक्युरिटिज २० करोड रुपिया“ चुक्ता पु“जी, आकाश भैरव सेक्युरिटिज २० करोड रुपिया“ चुक्ता पु“जी, क्यापिटल हब प्रालि २० करोड रुपिया“ चुक्ता पु“जी, गरिमा सेक्युरिटज २० करोड रुपिया“ चुक्ता पु“जी, स्टक्स्कार्टस् सेक्युरिटिज २१ करोड रुपिया“ चुक्ता पु“जी, हातेमालो फाइनान्सियल सर्भिसेज प्रालि २० करोड रुपिया“ चुक्ता पु“जी, सीबीआईएल सेक्युरिटिज २० करोड रुपिया“ चुक्ता पु“जी, इगल स्टक इक्युटी प्रालि २० करोड रुपिया“ चुक्ता पु“जी, सनराइज सेक्युरिटिज २० करोड रुपिया“ चुक्ता पु“जी, इन्दिरा सेक्युरिटिज प्रालि २० करोड रुपिया“ चुक्ता पु“जी, सजिलो ब्रोकर २० करोड रुपिया“ चुक्ता पु“जी, मिल्की वे सेयर ब्रोकर २० करोड रुपिया“ चुक्ता पु“जी, ब्लुचिप सेक्युरिटिज २० करोड रुपिया“ चुक्ता पु“जी, बेनी सेक्युरिटिज प्रालि २० करोड रुपिया“ चुक्ता पु“जी, रोडसो सेक्युरिटिज २० करोड रुपिया“ चुक्ता पु“जी रहेको छ ।

यसै गरी सिजी इन्भेस्टमेन्ट २८ दशमलव ५० करोड रुपिया“ चुक्ता पु“जी, म्याग्नेट सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट प्रालि २० करोड रुपिया“ चुक्ता पु“जी, मनि वल्र्ड सेयर एक्सचेन्ज प्रालि २० करोड रुपिया“ चुक्ता पु“जी, एप्पल सेक्युरिटिज २० करोड रुपिया“ रहेको छ ।